आईतवार, आश्विन २५,२०८३ 05:50:56
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 05:50:56
Bizshala
Global IME Bank Limited

२०% डाउन पेमेन्टमै सिट्रोन सी-3 को पेट्रोल गाडी किन्न सकिने

Bizshala
२०% डाउन पेमेन्टमै सिट्रोन सी-3 को पेट्रोल गाडी किन्न सकिने
New Office

 काठमाण्डौ । सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुविधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ।  

कम्पनीकाअनुसार यो योजनाको फाइदा नेपाल अधिराज्यका सबै सिट्रोन शोरुम मार्फत लिन सकिनेछ ।  

यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्नेछ । जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ मूल्य राखिएको यो कार खरीदका लागि ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ तिरे पुग्छ । बाँकी रकमलाई भने सरल किस्ताबन्दीमा ७ वर्षसम्म इएमआई भुक्तानी गर्न सकिनेछ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इलेक्ट्रिक कारको बर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन विभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् । सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै

२० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने नौलो योजना ल्याएको हो।

फ्रान्सेली मूल र भारतमा बनेको सिट्रोन सि३मा १२०० सीसीको पेट्रोल इन्जिन रहेको छ, जसले ८२ पीएस पावर र ११५ एनएम टर्क दिन्छ, ५ स्पीड म्यानअलु ट्रान्समिसनसँग जोडिएको छ। फ्रन्ट ह्वील प्रणालीले सुसज्जित यो गाडीमा १४० किमी घण्टाको टप स्पीडमा पुग्न सकिने कम्पनीले जनाएको छ । यो गाडीले १९ किमी लिटरको प्रभावशाली माइलेज दिन्छ । 

आराम र सुरक्षाका लागि डिजाइन गरिएको सिट्रोन सि३ मा १० इन्चको इन्फोटेनमेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, इबीडीसहितको एबीएस र डुअल एयरब्यागहरू छन। यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० एमएम रहेको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.