बुधबार, चैत्र २०,२०८१ 12:39:13
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:39:13
IME remit
Global IME Bank Limited

भारतकै सस्तो इभी नेपालमाः खुल्यो बुकिङ, मूल्य रु. ३० लाखभन्दा कम

Hyundai Nepal
भारतकै सस्तो इभी नेपालमाः खुल्यो बुकिङ, मूल्य रु. ३० लाखभन्दा कम
Nabil Bank Limited

काठमाण्डौ । भारतकै सबैभन्दा सस्तो विद्युतीय गाडीको रुपमा रहेको टाटाको टियागोको नेपालमा समेत बुकिङ खुलेको छ । 

नाडा अटो शोको पूर्वसन्ध्यामा टाटा कम्पनीबाट उत्पादित गाडीहरुको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टियागो इभीको बुकिङ खुलाइएको जनाएको हो । 

भारतमा हालसम्मकै सबैभन्दा सस्तो विद्युतीय चारपांग्रे साधनको रुपमा रहेको टियागो इभीको नेपालमा मूल्य ३० लाख रुपैयाँभन्दा कम नै पर्ने दाबी गरिएको छ । 

सिप्रदी ट्रेडिङले नाडा अटो शोमा समेत राख्ने यो गाडीले ग्राहकहरुको ध्यान तान्ने विश्वास व्यक्त गरेको छ । 

नेपालका ग्राहकहरुले समेत धेरै प्रतिक्षा गरेको इभी हो, टियागो । सिप्रदी ट्रेडिङका एक अधिकारीले भने–‘नाडामा टियागोको इभीले तहल्का मच्चाउने हाम्रो विश्वास छ।’

तत्कालका लागि टियागो इभीका लङ र मिडियम गरी दुई भेरियन्ट नेपाली बजारमा आउनेछन् ।

टियागो इभीको लङ रेञ्ज भेरियन्टमा २४ किलोवाट आवर(युनिट) क्षमताको ब्याट्री उपलब्ध हुने कम्पनीले जनाएको छ। सो ब्याट्रीले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेञ्ज दिने दाबी गरिएको छ। 

यसमा भएको ५५ किलोवाट मोटरले ७४ ब्रेक हर्सपावर (बीएचपी) र ११४ एनएम टर्क उत्पादन गर्छ। 

यस्तै, मिडियम रेञ्ज भेरियन्टमा १९.२ किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक छ। उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा २५० किलोमिटर रेञ्ज प्रदान गर्ने, यसमा जडित ४५ किलोवाट मोटरले ६० ब्रेक हर्सपावर र ११० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी छ। 

हाल टियागो इभी टिल ब्लु, डेटोना ग्रे, ट्रोपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रङ्गमा उपलब्ध हुने कम्पनीका अधिकारीहरुको भनाई छ । 

यो गाडीको ब्याट्री फुल चार्ज गर्न सामान्य एसी चार्जरबाट ५ घन्टा र फास्ट चार्जरबाट एक घण्टा लाग्नेछ । यसमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी पनि उपलब्ध हुनेछ ।

Shivam Cement
Bizshala
CG Motors
Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.