काठमाण्डौ । नेपाली बजारमा डलरको मूल्य निरन्तर ओरालो लागिरहेको छ । आज पनि डलरको मूल्य ०.१३ डलरले घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी विनियमदरका अनुसा् आज एक अमेरिकी डलरको खरिददर १३२.४५ रुपैयाँ र बिक्रीदर १३३.०५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज एक यूरोको खरिददर १४३.१० रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्ट्रलीङको खरिददर १६७.३१ रुपैयाँ र बिक्रीदर १६८.०७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.२७ रुपैयाँ र बिक्रीदर ८६.६६ रुपैयाँ रहेको छ ।
एक कतारी रियालको खरिददर ३६.३३ रुपैयाँ र बिक्रीदर ३६.५० रुपैयाँ रहेको छ । केन्द्रीय बैंकका अनुसार आज एक बहराइन डिनारको खरिददर ३५१.३३ रुपैयाँ र बिक्रीदर ३५२.९२ रुपैयाँ रहेको छ ।