सोमबार, फाल्गुन ४,२०८२ 04:06:45
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 04:06:45
Bizshala
Global IME Bank Limited

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट कार्यक्रम सम्पन्न गरेको छ । Building relationship,Accelerating Success नाराका सम्पन्न उक्त कार्यक्रम सिमरामा दुई दिनसम्म चलेको थियो ।  

सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।  

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समिक्षा गरी, आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ । उक्त अवसरमा कम्पनी, सरोकारवाल(साझेदार,रिटलेर र निजी ग्यारेज मेकानिक्स) र ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाई, प्रगतितर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन ।  सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नु पर्नेछ ।  हाम्रो सम्बन्धलाई अझै मजबुतबनाई राख्न मा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ । हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको  ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं ।  यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.