मंगलवार, असार ३,२०८२ 06:48:49
  • मंगलवार, असार ३,२०८२ 06:48:49
Global IME Bank Limited

गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न

Hyundai Nepal
गल्फ लुब्रिकेन्टको पार्टनर मिट कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गल्फ लुब्रिकेन्टका उत्पादक एवं वितरक नेपाल ल्युब आयल लिमिटेडले हालै मात्र आफ्नो पार्टनर मिट कार्यक्रम सम्पन्न गरेको छ । Building relationship,Accelerating Success नाराका सम्पन्न उक्त कार्यक्रम सिमरामा दुई दिनसम्म चलेको थियो ।  

सो कार्यक्रममा नेपालभरी रहेका ५० भन्दा धेरै पार्टनर, र नेपाल ल्युब आयलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।  

देश कठिन समयमा गुज्रिरहेको र सम्पूर्ण बजार नै सुस्ताइ रहेको अवस्थामा अघिल्लो वर्षको समिक्षा गरी, आगामी दिनको रोड म्याप बनाउन सो मिटमा गम्भीर छलफल भएको कम्पनीले जनाएको  छ । उक्त अवसरमा कम्पनी, सरोकारवाल(साझेदार,रिटलेर र निजी ग्यारेज मेकानिक्स) र ग्राहकबीचको सम्बन्ध अझै मजबुत बनाई, प्रगतितर्फ अग्रसर हुनु पर्ने धारणा ब्यक्त भएको कम्पनीले जनाएको छ । कार्यक्रममा लुब्रिकेन्ट र ब्याट्री डिभिजनका विभिन्न बिधामा सर्वोत्कृष्ट पार्टनरहरुलाई सम्मान पनि गरिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा बोल्दै नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले भने, ‘अबको समय समस्या छ भनेर निराश भएर बस्ने समय होइन ।  सबै मिलेर एकजुट भएर समस्यालाई पछाडी राखेर अगाडी बढ्नु पर्नेछ ।  हाम्रो सम्बन्धलाई अझै मजबुतबनाई राख्न मा र मेरो टिम हरदम तयार र प्रतिबद्ध छ । हामी आफ्नो क्षमता बढाउन नयाँ उच्च गुणस्तर ग्रेडको  ल्युब उत्पादन गर्न कारखानामा थप लगानी गर्दैछौं ।  यसबाट नेपाली उपभोक्ताले सर्वसुलभ मूल्यमा उच्च गुणस्तरका उत्पादनहरूको फाइदा पाउनु हुनेछन् ।’

फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो । यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टरसम्मका उत्पादन उपलब्ध गराउछ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.