बुधबार, भाद्र २५,२०८२ 04:38:13
  • बुधबार, भाद्र २५,२०८२ 04:38:13
Global IME Bank Limited

मस्कले लगाए जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको आरोप, पक्राउ गर्न माग

Hyundai Nepal
मस्कले लगाए जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको आरोप, पक्राउ गर्न माग

काठमाण्डौ । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले मेटाका संस्थापक मार्क जुकरबर्गमाथि बाल शोषणलाई बढावा दिएको गम्भिर आरोप लगाएका छन् । मस्कले यसका साथै उनलाई पक्राउ गर्न समेत माग गरेका छन् ।  

सामाजिक सञ्जालमार्फ मस्कले यदि अमेरिकी सरकारले टेलिग्रामका सीईओ पावेल दुरोभको गिरफ्तारीलाई सही मान्छ भने जुकरबर्गलाई किन खुलेआम छाडिएको छ ? भनेर प्रश्न गरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

मस्कले इन्स्टाग्राममा बाल शोषण एउटा ठूलो समस्याको रुपमा रहेको बताएका छन् । ‘जुकरबर्गमाथि पनि दुरोभको जस्तै आरोप लागेको छ । तर उनी पक्राउ परेका छैनन्, किनकी उनी सरकारअघि झुकिसकेका छन् । जुकरबर्गले सरकारलाई ब्याकडोरबाट महत्वपूर्ण डेटा पुर्याईरहेका छन्,’ मस्कले लेखेका छन् ।  

मस्कले दुरोभको रिहाईका लागि सामाजिक सञ्जालमा अभियान सुरु गरेका छन् । उनले यस्तै अवस्था रहिरह्यो भने सन् २०३० सम्म युरोपमा मिम सेयर गर्नेलाई समेत फासीको व्यवस्था हुन सक्ने भन्दै व्यङ्ग्य गरेका छन् ।  

मस्कले जुकरबर्गविरुद्ध जुन बाल शोषण कान्डको चर्चा गरेका छन्, यस विषयमा मेटाका सीईओले अमेरिकी संसदमा पिडित परिवारसँग माफी मागिसकेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.