काठमाण्डौ । लुयान इलेक्ट्रिक स्कुटरको दशैं तिहार तथा छठ पर्व लक्षित अफर सञ्चालन भएको छ ।
लुयान दशैं तिहार तथा छठ धमाका अफरअन्तर्गत लुयानका कुनै पनि इलेक्ट्रिक स्कुटर खरिद गर्दा रु. १० हजार नगद छुटका साथै बीमा र नामसारी खर्च निःशुल्क पाइने भएको हो ।
यो अफर असोज २ गतेदेखि कार्तिक मसान्तसम्म जारी रहने कम्पनीले जनाएको छ ।
यसका साथै कम्पनीले चालु आर्थिक वर्षको कर, एउटा प्रिमियम हेलमेट र ६ पटक सर्भिस निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
यसका साथै कम्पनीले कुनै पनि पुराना बाइक अथवा स्कुटर ल्याएर लुयानका नयाँ स्कुटरसँग साटफेर गरेर पनि लान सकिने एक्सचेन्जको सुविधा पनि उपलब्ध भएको जानकारी दिएको छ । पुराना बाइक अथवा स्कुटर पेट्रोल वाला भएपनि अथवा इलेक्ट्रिक भएपनि एक्सचेन्जगर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीले नियमित आम्दानीको आधारमा फाइनान्सको पनि सुविधा दिन सकिने जनाएको छ । आम्दानीको स्तरको आधारमा कमसेकम २०% डाउन पेमेन्टमा अधिकतम २ बर्षसम्मको फाइनान्स सुविधा दिन सकिने बताइएको छ ।
कम्पनीले काठमाण्डौं उपत्यकाभित्र ७ स्थानमा सर्भिस सेन्टरको व्यवस्था गरेको छ । हरेक सर्भिस सेन्टरमा चार्जिङ प्वाइन्ट पनि रहेकोले आवश्यक परेमाग्राहकले आफ्नो स्कुटर चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।