सोमबार, असार २,२०८२ 06:52:49
  • सोमबार, असार २,२०८२ 06:52:49
Global IME Bank Limited

मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड

Hyundai Nepal
मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड
Nabil Bank Limited

काठमाण्डौ । काठमाण्डौमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ। वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको थियो ।  

कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारी साधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो । लुयान नेपालले यस कार्यक्रमको राइ ड पाटर्नरको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारेका जनाएका छन् ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

र्यालीको उद्घाटन गर्दै लुयान नेपालका सेल्स एण्ड मार्केटिङ हेड शंकर शर्माले भने, ‘विद्युतीय सवारी साधनहरू दिगो भविष्यतर्फको बाटो हुन् । हामीले आजको र्यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण छ ।’उनले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा गरे।

र्यालीमा लुयानका विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो । सहभागीहरूले काठमाण्डौको नक्सालमा अवस्थित लुयान नेपालको शोरुमबाट शुरु गर्दै उपत्यकाका ेप्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनःनक्साल मै फर्किएको थियो ।  

यस अवसरमा मिसेस नेपाल वर्ल्डका सीईओे निशु झाले महिला सशक्तीकरणसँगै वातावरणीय संरक्षणको सन्देश फैलाउन यस प्रकारका गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.