आईतवार, आश्विन २५,२०८३ 08:27:58
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 08:27:58
Bizshala
Global IME Bank Limited

मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड

Bizshala
मिसेस नेपाल वर्ल्डमा विद्युतीय सवारीसाधन र्याली सम्पन्न, वातावरणीय दिगोपनमा जोड
New Office

काठमाण्डौ । काठमाण्डौमा आयोजित मिसेस नेपाल वर्ल्ड २०२४ प्रतियोगिताको शिलशिलामा विशेष विद्युतीय सवारीसाधन र्याली सम्पन्न भएको छ। वातावरणीय सचेतना र दिगोपन प्रवद्र्धन गर्न आयोजना गरिएको यो र्यालीले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै वातावरणमैत्री यातायातको आवश्यकता औंल्याएको थियो ।  

कार्यक्रममा सहभागीहरूमा मिसेस नेपाल वर्ल्डका प्रतियोगीहरू, विद्युतीय सवारी साधनका चालकहरू, तथा विभिन्न क्षेत्रका उत्साही समर्थकहरूको सहभागिता रहेको थियो । लुयान नेपालले यस कार्यक्रमको राइ ड पाटर्नरको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । आयोजकहरूले विद्युतीय सवारीसाधनको महत्व र यसको उपयोगले दीर्घकालीन रूपमा वातावरणमा पर्ने सकारात्मक प्रभावलाई मुख्य सन्देशका रूपमा अघि सारेका जनाएका छन् ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

र्यालीको उद्घाटन गर्दै लुयान नेपालका सेल्स एण्ड मार्केटिङ हेड शंकर शर्माले भने, ‘विद्युतीय सवारी साधनहरू दिगो भविष्यतर्फको बाटो हुन् । हामीले आजको र्यालीमा सहभागिता जनाएर प्रदूषण कम गर्ने यात्रालाई तीव्र पार्न सबैको योगदान महत्त्वपूर्ण छ ।’उनले आयोजकहरूलाई धन्यवाद दिँदै, विद्युतीय सवारीसाधनको विकासमा सहभागिता जनाउने सबैलाई प्रशंसा गरे।

र्यालीमा लुयानका विभिन्न मोडेलका विद्युतीय सवारीसाधन प्रदर्शनमा राखिएको थियो । सहभागीहरूले काठमाण्डौको नक्सालमा अवस्थित लुयान नेपालको शोरुमबाट शुरु गर्दै उपत्यकाका ेप्रमुख सडकहरू हुँदै ललितपुरको गोदावरी पुगी पुनःनक्साल मै फर्किएको थियो ।  

यस अवसरमा मिसेस नेपाल वर्ल्डका सीईओे निशु झाले महिला सशक्तीकरणसँगै वातावरणीय संरक्षणको सन्देश फैलाउन यस प्रकारका गतिविधिहरूलाई भविष्यमा पनि निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.