काठमाण्डौ । काठमाडौं पोखरा रुटमा स्वस्थानी यातायात(एयर बस)ले सुविधा सम्पन्न अन्तराष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउँदै गरेको चाडपर्व लक्षित गरि सो ट्राभल्सले सुविधा सम्पन्न सोफा सीट जडान गरिएको दुईवटा बस बाट सेवा सुरु गरेको छ ।
छोटो समयमा नै थप बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रु हरुको सुविधालाई ध्यानमा राखेर आधुनिक सोफा सेट, एसी, हीटर, मोबाइल चार्जर पोइन्ट र वाइफाइको समेत सुविधा रहेको सञ्चालक ईश्वर थापाले बताए ।
हाललाई यो यातायातले पोखरा र काठमाण्डौंबाट दिउँसोको समयमा सेवा सुचारु गरेको छ । उक्त बस को टिकट अनलाइनमार्फत पनि खरिद गर्न सकिने सञ्चालकहरुले बताएका छन् ।
उक्त बस सेवाको आज राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष विजयबहादुर स्वार द्धारा उद्दघाटन भई सञ्चालनमा आएको छ।