सोमबार, आश्विन २६,२०८३ 03:00:36
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 03:00:36
Bizshala
Global IME Bank Limited

अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण

Bizshala
अग्रवाल सेवा केन्द्रद्वारा १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक वितरण
New Office

काठमाण्डौ । अग्रवाल सेवा केन्द्रले ५१४८ औँ अग्रसेन जन्म जयन्तीको अवसरमा काठमाण्डौका २५ सामुदायिक विद्यालयका १ सय जना विद्यार्थीहरूलाई छात्रवृत्ति तथा पोसाक वितरण गरेको छ । अग्रवाल सेवा केन्द्रका दाताहरूको सहयोगमा संस्थाले गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति र पोसाक वितरण गरेको महासचिव पङ्कज जालानले जानकारी दिए ।  

केन्द्रले अग्रसेन जयन्तीको अवसरमा प्रत्येक वर्ष सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको जनाएको छ । यो वर्ष सामुदायिक विद्यालयका १ सय विद्यार्थीलाई छात्रवृत्ति र पोसाक उपलब्ध गराइएको जालानले बताए ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अग्रवाल समाजका स्थापनाकर्ता एवं युग प्रवर्तक महाराजा अग्रसेनको ५१४८ औँ जन्म जयन्ती समारोहका अवसरमा केन्द्रले समाजमा अग्रणी भूमिका निर्वाह गरेका विभिन्न व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ । कार्यक्रममा अग्रवाल समाजकी ज्येष्ठ नागरिक गोदावरी देवी अग्रवाल, कमलादेवी अग्रवाल, प्रह्लाद राय अग्रवाल, शिवशङ्कर अग्रवाललाई सम्मान गरिएको थियो ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

केन्द्रले शिक्षा क्षेत्रका विभिन्न ९ जना विद्यार्थीलाई अग्रसेन शिक्षा पदकबाट पुरस्कृत गरिएको समेत जनाएको छ । कार्यक्रममा अग्रवाल सेवा केन्द्रका अध्यक्ष गिरिधारी अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र खेतान लगायतले सामाजिक अभियानमा संस्थाले निरन्तर काम गर्ने प्रतिबद्धता जनाए ।  

कार्यक्रममा अग्रवाल युवा मञ्चले समाजका बालबालिकाका लागि चित्रकला प्रतियोगिता आयोजना गरेको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.