IME remit
  • सोमबार, कार्तिक ३,२०८२ 04:07:49
IME remit
Global IME Bank Limited

गोदावरीका बाढीपहिरो पीडितको घाउमा एनसेल फाउण्डेसनको मल्हम(फोटो फिचरसहित)

Hyundai Nepal
गोदावरीका बाढीपहिरो पीडितको घाउमा एनसेल फाउण्डेसनको मल्हम(फोटो फिचरसहित)
Shivam Cement

काठमाण्डौ । असोज ११ र १२ गते देशभर परेको वर्षाले निम्त्याएको बाढीपहिरोको विनाशपछि एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेको छ ।

एनसेल फाउन्डेसनले असोज २१ (सोमबार) गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँचवटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

“संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो कर्तव्य हो । हामी सबै एक ठूलो परिवारको रूपमा कनेक्टेड छौं,” एनसेलकी कर्पोरेट कम्यूनिकेसन्स एण्ड सीएसआर हेड, विशाखा लक्ष्मी खड्काले भनिन् ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले भने, “विपद्को यो कठिन घडीमा एनसेल फाउन्डेसनबाट हाम्रो नगरपालिकाका विभिन्न वडाका पीडिहहरुलाई आएको यो राहत एकदमै ठूलो सहयोग हो । यसका लागि एनसेलप्रति हामी आभारी छौं । अब हामीले पुर्नःस्थापनामा काम गर्नुपर्ने छ ।”

  

राहत सामग्रीमा खाद्यान्न, भान्सामा प्रयोग हुने भाडाकुडाहरु, हाईजिन किट, ब्याल्ङ्केट र म्याटलगायतका सामानहरु रहेका छन्, जसले प्रभावित परिवारहरूको अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास लिईएको छ । गोदावरी नगरपालिका र कर्मयोग फाउन्डेसनसँगको सहकार्यमा एनसेलका कर्मचारीहरूले प्रभावित वडाहरुमा पुगेर पीडित परिवारका उपस्थित सदस्यहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए । 

CG Motors
Muktinath Bikas Bank Limited

खड्काले राहत सहयोगको बारेमा थप प्रकाश पार्दै भनिन्, “एनसेल फाउन्डेसनले विभिन्न सामाजिक कार्यहरु गर्दै ग्रासरुट लेभलमा आवश्यक सहयोग पु¥याउँदै आएको छ र भविष्यमा पनि आपत विपद्मा सहयोग पु¥याउन तत्पर छौं । सरकारका सम्बन्धित निकाय र साझेदारहरूसँग सहकार्य गर्दै हामी राहत वितरणका साथै विपद् प्रतिकार्यमा अन्य के गर्न सकिन्छ भनेर काम गरिरहेका छौं ।”

एनसेल फाउन्डेसन, कर्मयोग फाउन्डेसन र गोदावरी नगरपालिकाबीचको यो साझेदारीले यस चुनौतीपूर्ण समयमा बाढीपहिरो पीडितहरुका लागि ठूलो सहयोग सावित भएको छ । स्थानीय निकायले यो सहकार्यले पीडित परिवारहरूलाई ठूलो महत्व राखेको हुनाले प्रशंसा गरेका छन् ।

एनसेल फाउन्डेसनको यस पहलले संकटको समयमा सहानुभूति र एकताको महत्वलाई पुनः पुष्टि गरेको छ र एनसेल फाउन्डेसनको सामाजिक उत्तरदायित्वप्रतिको दृढ प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ । एनसेल फाउन्डेसनले परिस्थितिको मुल्याङ्कन गरेर सम्बन्धित निकाय र साझेदारसँगको सहकार्यमा पीडित परिवारहरूको पुर्नस्थापनामा पनि सहयोग पु¥याउनप्रतिबद्धरहेको जनाएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.