काठमाण्डौ । ‘ग्लोबल एजुकेसन पाट्नर्स(जेईडीयु) मिट २०२४’ काठमाण्डौको हायात रिजेन्सीमा बुधवार सम्पन्न भएको छ। उक्त कार्यक्रममा ३०० भन्दा बढी शैक्षिक जगतका साझेदार, विज्ञ, वुद्धिजीवी र अन्य विशिष्ट व्यक्तित्वहरुको सहभागीता थियो । कार्यक्रममा जेईडीयुले नेपालको शैक्षिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने दृढ प्रतिबद्धता व्यक्त गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जेईडीयुका प्रमुख कार्यकारी अधिकृत डा. विश्वजीत राणाले जेईडीयुको बृहत विश्वव्यापी सञ्जाल मार्फत नेपालको उच्च शिक्षा विकासलाई निरन्तर नँया उचाई पुर्याउने आफ्नो दूरगामी सोच रहेको बताए। जेईडीयुले दुबई, माल्टा, फ्रान्स, जर्मनी, अमेरिका, अष्ट्रेलिया लगायतका देशहरूमा नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षा र रोजगारीका अवसरहरू प्रदान गरिरहेको छ।
डा. राणाले जेईडीयुले आफ्नो ‘शिक्षामार्फत जीवन परिवर्तन” गर्ने लक्ष्य अनुरुप नेपालका विभिन्न सहरहरूमा शैक्षिक पहुँच विस्तार गर्न दृढताका साथ अगाडि बढिरहेको पनि जानकारी दिए। उनका अनुसार जेईडीयुका विश्वभरी रहेका १२ क्याम्पसहरूमा प्रदान गरिने शैक्षिक कार्यक्रमहरूबाट हालसम्म ६० हजार भन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन ।