काठमाण्डो । सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाले पाँचखाल नगरपालीका, काभ्रेपलाञ्चोकमा बाढीद्धारा प्रभावीत परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ ।
सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुपप्रती घर डसना, सिरानी, झुल,जग, वाल्टिन, गिलास र थाल बितरण गरिएको छ ।
कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ, अच्यूत उप्रेतीलगाएतको उपस्थीति रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।