शुक्रबार, श्रावण १६,२०८२ 11:37:19
  • शुक्रबार, श्रावण १६,२०८२ 11:37:19
Global IME Bank Limited

तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टि बारे प्रयोगात्मक कार्यशाला सम्पन्न

Hyundai Nepal
तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टि बारे प्रयोगात्मक कार्यशाला सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा २०८१ साल कात्र्तिक १२ गते सोमबारका दिन एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरेको छ । एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।

शल्यक्रिया या अन्य उपचार पद्धतीबाट सुधार एवम् परिवर्तन ल्याउन मद्धत गर्ने विषय भएकाले यसप्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ । यसै तथ्यलाई आधार मान्दै एस्थेटिक अकुलोप्लाष्टिका ३ अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिने कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासिय चिकित्सकहरुले सहभागिता जनाएका छन् । अन्तर्राष्ट्रिय विज्ञहरुमा फिलिपिन्सबाट डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह् र सिंगापुरका डा. स्टेफेनीइयोङ रहेका थिए ।  

Muktinath Bikas Bank Limited

कार्यशालालाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा सन्दुक रुइतले अकुलोप्लाष्टिअन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताए ।  

हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथाअनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट निवारण भइराखेको छ । यस कार्यशालापश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ । जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ । यस्ता उपचारहरु चिकित्सकको निर्देशनअनुसार समय–समयमा गर्नुपर्ने हुन्छ ।

कस्मेटिक र सुन्दरताको दृष्टिकोणले गरिने फिलर इन्जेक्सन सेवायस कार्यशालापश्चात निरन्तर रुपमा उपलब्ध गराउन सकिने अपेक्षा राखिएको छ । नेपालमा आँखारोगको क्षेत्रमा पहिले प्रयोगमा नआएको यो सेवालाई अब नेत्ररोग विशेषज्ञहरुले औपचारिक रुपमै प्रयोगमा ल्याउन सक्नेछन् । 

यो सुविधा तिलगंगा आँखा प्रतिष्ठानमा तथा तिलगंगा सिटि आइ सेन्टर, चुचेपाटि, काठमाण्डौमा निकट भविष्यमा नै शुरु हँुदैछ । यस सुविधा उपलब्ध भएसँगै आँखामा चोटपटक लागेका या असामान्यआँखाको आकार भएकाहरुलाई उपचारसहित मनोबल वृद्धिको सम्भावना हुने आशा राखिएको छ । त्यस्तै सुन्दरतामा निखार ल्याउन बोटक्स रफिलरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास गरिन्छ । अब प्रयोगमा ल्याउन लागिएको फिलर नेपालीहरुका लागि पहँुच योग्य रहने पनि चिकित्सकहरुको भनाइ छ ।

कार्यशालाकात्र्तिक १२ गते सोमबार तिलगंगाआँखा प्रतिष्ठानको सभाहलमा आयोजना भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.