आईतवार, आश्विन २५,२०८३ 10:55:52
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 10:55:52
Bizshala
Global IME Bank Limited

सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान, भक्तपुरका कल्याणले जिते जुम स्कुटर

Bizshala
सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान, भक्तपुरका कल्याणले जिते जुम स्कुटर
New Office

काठमाण्डौ । काठमाण्डौस्थित सिटी सेन्टरले दशैंतिहारको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ ।  

शनिबार आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

१३ असोजदेखि ३० कात्तिक ३० सम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जितेका छन् ।

सेलिब्रेसनअन्तर्गत दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने १ जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्रान्डको जुम स्कुटर जित्ने मौका दिएको थियो । सेन्टरमा सपिङ गरी भौचर ३६४५ प्राप्त गर्ने थापाले सो बम्पर उपहार जितेका हुन् ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

थापालाई सिजी मोटर्स प्रालिका नेशनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्त रूपमा स्कुटरको चाबी हस्तान्तरण गरे ।  

यस्तै, दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्रान्डका लगेज तथा ब्याग, एभरेस्ट ब्रान्डका साइकल वितरण गरिएको छ ।  

सिटी सेन्टरका सबै पसल तथा आउटलेटमा कम्तीमा १ हजार रुपैयाँ वा सोभन्दा बढीको सपिङ गर्नेहरूलाई फेस्टिभ सेलिब्रेसनमा सहभागी गराइएको थियो । सपिङका क्रममा उपलब्ध गराइएका सबै भौचरमध्येबाट गोलाप्रथा गरी विजेता चयन गरिएको हो ।  

सेलिब्रेसन अवधिमा सिटी सेन्टरमा करिब २ लाख उपभोक्ता पुगेकामा २२ हजारभन्दा बढीले १ हजार रुपैयाँभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

बम्पर उपहार विजेता थापालाई चाबी हस्तान्तरण गर्दै सिजी मोटर्सका ओझाले ब्रान्ड प्रवद्र्धनमा सिटी सेन्टरसँग गरिएको सहकार्य फलदायी भएको बताए ।

यस्तै, सिटी सेन्टरका प्रमुख कार्यकारी आदित्यले उपभोक्तालाई सबै वस्तु तथा सेवा एकै छानामुनि सुपथ मूल्यमा उपलब्ध गराउन तथा सिटी सेन्टरको व्यापार प्रवद्र्धनका लागि पहिलो पटक फेस्टिभ सेलिब्रेसन सञ्चालन गरिएको बताए ।

आगामी वर्षहरूमा पनि यस्ता अभियानलाई निरन्तरता दिँदै जाने योजना रहेको उनले जानकारी दिए ।  

काठमाण्डौको कमलादीमा रहेको सिटी सेन्टरमा सिनेमा हल, रेस्टुरेन्ट, फुड कोर्ट, गेम जोन, २० वटाभन्दा बढी मल्टिनेसनल ब्रान्ड, इलेक्ट्रोनिक्स तथा मोबाइल आउटलेट, कपडालगायतका ७० वटाभन्दा बढी पसल छन् ।

डबल बेसमेन्ट पार्किङ भएको सिटी सेन्टरले गुणस्तरीय उत्पादनको बिक्री वितरणलाई प्राथमिकतामा राखेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.