बिहीबार, बैशाख ३१,२०८३ 05:40:25
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 05:40:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’

Laxmi Sunrise Bank Limited
प्रोटिन दिवस २०२४ को मुख्य नारा ‘सल्भ विथ प्रोटिन’
Shivam Cement

काठमाण्डौ । यूएस सोयाबीन एक्स्पोर्ट काउन्सिल (यूएसएसईसी) द्वारा सञ्चालित सचेतना पहल ‘राइट टु प्रोटिन’ले आफ्नो स्थापनाको ५ औँ वर्ष पारेर फेब्रुअरी २७ मा मनाइने प्रोटिन दिवस २०२४ को विषयवस्तुको रूपमा ‘सल्भ विथ प्रोटिन’ अवधारणा अगाडि सारेको छ।  

यो पहलले व्यक्ति, व्यवसाय र उद्योगका नेतृत्वकर्ताहरूलाई प्रोटिनयुक्त खाद्य पदार्थको बढ्दो मागलाई सम्बोधन गर्न, नेपाल र ठूला दक्षिण एशिया क्षेत्रका नागरिकहरूका लागि पहुँच योग्य प्रोटिन उपलब्ध गराउन एकजुट हुन आह्वान गर्दछ।

Bizshala
New Office
CG Motors

अत्यावश्यक म्याक्रो न्यूट्रिएन्टको रूपमा प्रोटीनका बारेमा बुझाइको कमीले अपर्याप्त मात्रामा यसको खपत हुने गरेको छ । प्रोटिन दिवस २०२४ को ‘सल्भ विथ प्रोटिन’ नाराले विभिन्न ब्रान्ड, नागरिक अगुवा, मिडियाकर्मी तथा नागरिकहरूलाई प्रोटिनको प्रयोगले स्वस्थ समाज निर्माणमा सहयोग पुर्‍याउने सन्देशलाई व्यापक बनाउने जनाइएको छ।  

राइट टु प्रोटिनले हरेक खानामा प्रोटिन जागरूकता र खपत बढाउन पोषणविद्, खाद्य उद्योग विशेषज्ञ, शेफ, फूड ब्रान्ड र नागरिक अगुवा लगायत अन्य समर्थकहरूको साथमा फेब्रुअरी २७ मा प्रोटिन दिवस २०२४ मनाउने तयारी गरेको छ।

राइट टु प्रोटिनले सबैलाई २७ फेब्रुअरीमा प्रोटीन दिवस मनाउन र दैनिक जीवनमा पोषणको कमीलाई चेतनाका साथ चुनौती दिँदै ‘सल्भ विथ प्रोटिन’ नारालाई सार्थक बनाउन आग्रह गरेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.