आईतवार, आश्विन २५,२०८३ 12:23:44
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 12:23:44
Bizshala
Global IME Bank Limited

कजारिया टायल्सको ‘म्यासन मिट २०२४’ सम्पन्न

Bizshala
कजारिया टायल्सको ‘म्यासन मिट २०२४’ सम्पन्न
New Office

काठमाण्डौ । टायल्स कम्पनी ‘कजारिया टायल्स’ले हालै काठमाण्डौमा ‘म्यासन मिट २०२४’ सम्पन्न गरेको छ । १५० जना भन्दा बढी राज मिस्त्रीहरु सहभागी रहेको उक्त मिटमा भारतबाट समेत प्रशिक्षक ल्याई नेपाली प्राविधिकहरूसँग उच्च गुणस्तर र नयाँ प्रविधिको बारेमा गहन छलफल गराइएको थियो।

 म्यासन मिटको उद्देश्य राजमिस्त्रीहरुलाई निर्माण अभ्यासको ज्ञान दिने र ब्रान्ड चेतनाको बारेमा छलफल गर्ने रहेको थियो । सो मिटमा कजारिया ब्राण्डको गुणस्तर,नयाँ प्रविधि र मूल्यकोसमेत जानकारी दिइएको थियो । कम्पनीले आफ्ना ग्राहक तथा उपभोक्ता, डिलर तथा निर्माण विज्ञहरुलाई प्राथमिकतामा राखेको बताउँदै स्थानीयस्तरमा घर तथा आवासहरुको निर्माणमा योगदान गरिरहेका निर्माण राजमिस्त्रीहरुसँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्य राखी यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

अर्थतन्त्रलाई मजबुत बनाउनको लागि राजमिस्त्रीको उल्लेखनिय भूमिका रहेकोले सुरक्षित आवास निर्माण सम्बन्धमा तालिम तथा अन्तरक्रिया कार्यप्रति काजरिया रमेश टायल्स सधै नै सजक रहेको कम्पनीको भनाई छ। काठमाण्डौबाट बाट सुरु भएको यो म्यासन मिट छिट्टै नै नेपाल अधिराज्यभरका कम्तिमा पनि १६ ठाउँहरुमा समेत गरिने कम्पनीले जानकारी दिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै काजरिया रमेश टायल्सका कन्ट्री हेडप्रवीन सिंहले भने, ‘मानिसले घर बनाउँदा आफू र आफ्नो परिवारको सुरक्षालाई केन्द्रमा राख्ने हुनाले उपयुक्त तथा गुणस्तरिय निर्माण सामाग्रीको छनौटका साथ साथैदक्षजन शक्तिको पनि त्यत्तिकै महत्व पूर्ण भूमिका रहन्छ’ ।

CG Motors
Muktinath Bikas Bank Limited

 काजरिया रमेश टायल्स नेपालको प्रमुख व्यापारिक तथा औद्योगिक समूह रमेश कर्परभारतको कजारिया सिरामिक्स लिमिटेडको संयुक्त लगानीमा २ वर्ष अगाडी नवलपरासीमा खोलिएको कम्पनी हो।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.