आईतवार, बैशाख ६,२०८३ 11:21:35
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:21:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा

Bizshala
हिरो मोटोकर्पद्वारा नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्ने घोषणा
Shivam Cement

काठमाण्डौ । हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाईकहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । हिरो मोटोकर्पले आफ्नो नविनतम उत्पादनहरू ‘एक्स्ट्रिम १२५’ र ‘एक्स्ट्रिम १६०’ नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।  

बहुप्रतिक्षित यी दूबै नयाँ बाइकहरु  मंसिर २६ गते गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ ।

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू, र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो । सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपाङ्ग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दावी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

एक्स्ट्रिम १२५ का मुख्य विशेषताहरूः

सिंगल च्यानल एबीएसः

सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि ।

श्रेणीकै सर्वाधिक तिब्रः

सर्वाधिक गति र तिव्रताको समायोजन सहितको रोमाञ्चक सवारी ।

फराकिलो रियर टायरः

सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको ब्यवस्था ।

एलईडी हेडलाइट्सः  

सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रबर्तनात्मक प्रविधि सहितको एलईडी हेडलाइट्को सुविधा ।

CG Motors
Garima Development Bank
IME remit

ब्लूटूथ कनेक्टिविटीः

चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

एक्स्ट्रिम १६०का मुख्य विशेषताः

श्रेणीकै सर्वाधिक गति क्षमताः  

तिव्र गतिको चाहना राख्नेका लागि विशेष रूपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ ।

केवाईबी फ्रन्ट यूएसडी सस्पेन्शनः

प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ ।

ब्लूटूथ कनेक्टिविटीः

चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा ।

सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन, र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ । शहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा, एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावी छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.