बिहीबार, चैत्र २१,२०८१ 04:22:43
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:22:43
IME remit
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन

Hyundai Nepal
राष्ट्र बैंकद्वारा ४ महिनामा १०७ खर्ब बढी तरलता प्रशोधन
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आवको ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँबराबरको तरलता प्रशोधन गरेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।  

Shivam Cement
Bizshala
CG Motors

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ५ खर्ब १४ अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी रु.२५७ अर्ब १५ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७५ करोड खुद खरिद गरी रु.२३२ अर्ब ७७ करोड तरलता प्रवाह गरिएको थियो ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २० करोड बिक्री गरी रु.१६१ अर्ब ४८ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी रु.१३५ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.