महालक्ष्मी विकास बैंकको बोनस सेयर सेयरधनीहरुको हितग्राही खातामा जम्मा
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आव २०८०÷८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । बैंकले एक सूचना जारी गर्दै गत पुस २९ गते सम्पन्न २३ औं वार्षिक साधारणसभाबाट पारित ३ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको जनाएको छ ।