सिन्धुलीमा एभरेष्ट बैंकको १३२ औँ शाखा विस्तार
काठमाण्डौ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका–६ मा आफ्नो १३२ औँ शाखा विस्तार गरेको छ । यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । यस शाखाको विस्तारसँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ ।

