सिटिजन्स बैंकको १९८ औं शाखा काठमाण्डौको पानीपोखरीमा
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९८ औं शाखा काठमाण्डौको पानी पोखरीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाण्डौ उपत्यकाभित्र बैंकको ३९ वटा शाखाहरु र बाग्मती प्रदेशमा ५५ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । पानीपोखरीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंकका सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।...