बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब नाघ्यो, एकैदिन ५ अर्बले बढ्यो कर्जा प्रवाह
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप संकलन ६३ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नयाँ आँकडाअनुसार असार १२ गतेसम्म बैंकिङ प्रणालीमा ६३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको छ । गत असार ११ गतेसम्म भने बैंकिङ प्रणालीमा ६२ खर्ब ९४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको थियो । यसरी १ दिनको अवधिमा बैंकिङ प्रणालीमा ८ अर्ब रुपैयाँ थपिएको छ । वाणिज्य...