एक महिना ०.७६% ले मात्रै बढ्यो नगद परिचालन,बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.०९% ले वृद्धि
काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन ०.७६ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत महिनाको वित्तीय विवरणमा यस्तो देखिएको हो । विवरण अनुसार चैत महिनासम्ममा बजारमा ६ खर्ब ६९ अर्ब ९४ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । जुन गत फागुन महिनाको तुलनामा ०.७६ प्रतिशतले मात्रै बढी हो । फागुन महिनासम्ममा बजारमा ६ खर्ब ६४ अर्ब ८७ करोड...

