धितोपत्र बोर्डले दियो दुई खुलामुखी योजना निष्कासनको अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई मर्चेण्ट बैंकलाई खुलामुखी योजना सार्वजनिक निष्कासनको अनुमति दिएको छ । बोर्डले सिटिजन्स क्यापिटलको ‘सिटिजन्स सदाबहार योजना’ र एनआइसी एशिया क्यापिटलको ‘एनआइसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’को इकाई बिक्री खुला गर्न अनुमति दिएको हो ।

