सामान्य अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘फाइनान्स र लो क्याप कम्पनीमा गिरावट आउनु मुख्य कारण’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ०.३९ प्रतिशत अर्थात १०.४१ अंकले घटेर २ हजार ६४३.९३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७१ प्रतिशतले घटेर ४४३.६० विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५७ लाख २० हजार ३६७ कित्ता...

