बीमा समूह घटेपनि ६ कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.२३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज घटेको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.७३ प्रतिशतले घटेको छ...

