ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
TRENDING
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाद्वारा घोषित बोनस सेयर सेयरधनीहरुको हितग्राही (डिम्याट( खातामा जम्मा गरिएको छ । संस्थाको गत पुस ६ गते सम्पन्न १० औं वार्षिक साधारणसभाबाट गत आवका लागि पारित १३.७७५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा भएको हो ।
काठमाण्डौ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आव २०८०/८१ का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरेको छ । गत माघ ४ गते सम्पन्न १२ औं वार्षिक साधारणसभाबाट पारित ७.५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरेको भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम भएका सेयरधनीहरु मात्रै ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडद्वारा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि चैत १५ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
काठमाण्डौ। अघिल्लो दिन ५८ अंकले घटेको बजारमा आज करिब ४० अंकको सुधार आएको छ । आज बजार बढेतापनि कारोबारमा भने सुधार आउन सकेको छैन । बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा पियरसिङ क्याण्डल स्टिक प्याटर्न बनेको छ । यो प्याटर्न भनेको डार्क क्लाउड प्याटर्नको ठीक विपरित प्याटर्न हो । यदि बढ्दो बजारमा डार्क क्लाउड कभर प्याटर्न बन्छ भने बजार तल जाने सम्भावना रहन्छ ।...
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट मात्रै बिक्री भएको छ । आज अनलाइन सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज १६ करोड ५२ लाखको खरिद भएको छ भने २३ करोड ६३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट १८ करोडको खरिद भएको छ भने २१ करोड १० लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको इम्पेरियल...
काठमाण्डौ। अहिले पूँजीबजारमा नेप्सेको सीईओ नियुक्तिको विषय चर्चामा रहेको छ । गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेप्सेका प्रमुख कार्यकारी अधिकृतको नियुक्ति गरेको समचार आएपछि नेप्सेमा पनि यस विषयले दिनभर चर्चा पायो । मंगलबार बिहानै नेपाल स्टक एक्सचेञ्जको गाडी नयाँ सीईओ लिन अर्थमन्त्रालय पुगेको थियो । नयाँ सीईओ आउने भनेपछि नेप्सेका कर्मचारीहरु स्वागतका लागि दिनभर...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा उच्च अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३९.१३ अंकले बढेर २६२१.८६ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह २.०६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.५१ प्रतिशत अर्थात ३९.१३ अंकले बढेर २ हजार ६२१.८६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३१ प्रतिशतले बढेर ४४०.६९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९१ लाख ४२ हजार ९४१ कित्ता सेयर ४ अर्ब २० करोड...
काठमाण्डौ। नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ))को नियुक्ती नभएको खुलासा भएको छ । गत सोमबारको मन्त्रीपरिषदको बैठकबाट नियुक्त भएको भनिएता पनि मन्त्रीपरिषदका २७ वटा निर्णयहरुमा नेप्से सीईओ नियुक्तीको विषय नभएपछि सीइओ नियुक्तीको विषय थप रोचक बनेको छ । सोमबारको मन्त्रीपरिषदले नारद लुँइटेललाई नियुक्ती दिएको एक मन्त्रीले बताएका थिए । तर २ दिन बितिसक्दा पनि लुइँटेलले...
काठमाण्डौ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले यही चैत २१ गतेदेखि थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ। संस्थाले हाल जारी पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ र चुक्तापूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरका ५१ हजार २९२.५ कित्ता एफपीओ जारी गर्न लागेको हो । संस्थाले स्वःपूँजी संरचनामा सर्वसाधारणको हिस्सा ३० प्रतिशत कायम गर्न...
काठमाण्डौ । आज सेयर बजार ५८ अंकले घट्यो । आज बजारमा दिनभर जसो तीव्र उतारचढाब देखियो । अघिल्लो कारोबारको तुलनामा बजार घट्दा कारोबार भने बढेको छ । बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा केही समय पहिले मध्य ब्याण्डबाट तल खसेको बजार आज तल्लो ब्याण्डसँगै हिड्न खोजेको देखिन्छ । यसले बजारमा तीव्र उतारचढाव भएको बुझिन्छ । म्याक्डीबाट नियाल्दा बजारमा यस अघिनै बियरिस क्रसओभर बनेको छ...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २६ करोड ८२ लाखको खरिद भएको छ भने २० करोड ९५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १८ करोड ८७ लाखको खरिद भएको छ भने २० करोड ४० लाखको बिक्री भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको । सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र सुपरमाई हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत दरको कुल १२ लाख ५२ हजार ८४४ कित्ता सेयर, चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७ कित्ता र सुपरमाई हाइड्रोपावरको ३...
काठमाण्डौ । महाशक्ति सिमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । थप एक जलविद्युत कम्पनीले आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । सान्भी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न बोर्डबाट स्वीकृति पाएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३७ लाख ९० हजार कित्ता सेयर जारी गर्न अनुमति पाएको हो ।
काठमाण्डौं । धितोपत्र कारोबारमा केही ब्रोकरहरुले लगानीकर्ताहरबाट चर्को ब्याज असुली गरिरहेको लगानीकर्ताहरुले आरोप लगाएका छन् । नागरिक स्टक डिलर(स्टक ब्रोकर नम्बर ६०)ले सेयर लगानीकर्ताहरुबाट १८ प्रतिशतसम्म ब्याज असुली गर्ने गरेको नागरिक स्टक डिलरको बानेश्वरस्थित कार्यालयमा भेटिएका केही लगानीकर्ताले गुनासो गरेका हुन् । नाम उल्लेख नगर्ने शर्तमा एक लगानीकर्ताले निकै...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५५.९० अंकले घटेर २५८४.८८ विन्दु्मा कायम भएको छ । नेप्सेमा रहेको सबै समूह आज रातो रङले पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह २.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक २.४६ प्रतिशतले घटेको छ ।आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको मात्रै सेयरभाउ बढेको छ । कम्पनीको...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.