आईतवार, फाल्गुन १०,२०८२ 07:15:01
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 07:15:01
प्रभु महालक्ष्मी लाइफको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

प्रभु महालक्ष्मी लाइफको १.६२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साढे १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६२ हजार ९५० कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)
BANKING

पहिलो त्रैमासमा विकास बैंकको मुख्य सूचक कस्तो रहे ? को अगाडि बढ्यो, को पछाडि छुट्यो ?(टेबलसहित)

काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ ।  समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको...

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब
BANKING

लक्ष्मी सनराइज बैंकको नाफामा ४२०.५३% को उछाल, वितरणयोग्य मुनाफा रु. १.४९ अर्ब

काठमाण्डौ । लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो । 

गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो, रिटेन्ड अर्निङ ४४ करोडले ऋणात्मक
Capital Market

गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो, रिटेन्ड अर्निङ ४४ करोडले ऋणात्मक

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ६०.६४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासम्म कम्पनीले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि १२.९० प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ९ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको...

खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६
BANKING

खराब कर्जाको प्रभिजनले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा प्रभावित, इपीएस रु. १७.१६

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो ।  समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ। 

हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो
Capital Market

हिमालयन डिस्टीलरीको व्यापार बढ्दा नाफामा उछाल, इपीएस ७२% ले बढ्यो

काठमाण्डौ । हिमालयन डिस्टीलरीले खूद नाफालाई उछालको गतिमा बढाएको छ ।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीको खूद नाफामा निकै फराकिलो बढोत्तरी देखिएको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ५१ लाखमा सीमित खूद नाफा ह्वात्तै बढेर यो वर्ष १९ करोड ८८ लाखको उचाईमा पुगेको हो । यसरी हेर्दा कम्पनीको खूद नाफा अघिल्लो वर्षको समानान्तर समीक्षा अवधिको तुलनामा ८९...

नेप्सेको चार्टमा ‘बुलिस हरामी’, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको चार्टमा ‘बुलिस हरामी’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । केही दिनको गिरावटपछि नेप्सेको चार्टमा फेरि आज ‘बुलिस हरामी’ क्यान्डल बनेको छ । जापानिज भाषामा ‘हरामी’को अर्थ गर्भवती महिला भन्ने बुझिन्छ । जब क्यान्डल स्टिकको प्याटर्न बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिला जस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ ।दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको...

शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
Capital Market

शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरमध्ये ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ ।  आज नासा सेक्यूरिटिजबाट सर्वाधिक अर्थात २४ करोड ४४ लाखको खरिद भएको छ भने १९ करोड २० लाखको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट १८ करोाड ४७ लाखको खरिद भएको छ भने १४ करोड ५३ लाखको बिक्री भएको छ ।  तेस्रो स्थानमा रहेको भिजन सेक्यूरिटिजबाट १४ करोड ८६ लाखको खरिद...

सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?
Capital Market

सस्ता सेयरभाउ भएका ३५ कम्पनी, लगानी गर्दा रिटर्न पाउने सम्भावना कति ?

काठमाण्डौ । गत साउन महिनामा ३ हजारको विन्दुमा पुगेको नेप्से परिसूचक अहिले घटेर २६६५ को विन्दुमा कायम भएको छ । दुई महिनाको अन्तरालमा सेयरबजार १२.५७ प्रतिशतले घट्न पुगेको छ ।  देशको अर्थतन्त्र सकारात्मक देखिएपनि पछिल्लो समयको राजनीतिक अस्थिरताका कारण सेयरबजारमा करेक्सन देखिएको बजार जानकारहरुले बताएका छन् । दशैंपछि तीनदिन सेयरबजारमा सुधार देखिएपनि त्यसपछिको दुईदिन...

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

हाथवे इन्भेष्टमेन्टको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि प्रस्ताव गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ३०९ रुपैयाँ कायम भएको छ । समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ४३९.९० रुपैयाँ थियो ।  

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?
Capital Market

नेप्सेको प्राङ्गणमा तयार भयो बुल, लगानीकर्ता किन भए असन्तुष्ट ?

काठमाण्डौ । नेप्सेको प्राङ्गणमा बुलको प्रतिमा तयार भएको छ । निर्माण सुरु भएको लामो समयपछि अन्ततः बुलको प्रतिमा तयार भएको हो ।  तर सबै संरचना तयार नभएको भन्दै तत्काल उद्घाटन भने नहुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले दिएको जानकारी अनुसार नेप्से वरपिरि अन्य संरचना तयार हुँदै गरेको कारण तत्काल उद्घाटन हुनेछैन । सम्भवतः तिहारपछि नै उद्घाटन हुनसक्ने  पराजुलीले...

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए
Capital Market

२२ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा आज हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.४९...

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’
Capital Market

दुई दिनको गिरावटपछि आज बढ्यो नेप्से, ‘लगानीकर्ताको मनोबल फर्कदै’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.९८ प्रतिशत अर्थात २५.८८ अंकले बढेर २ हजार ६६५.८१ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९३ प्रतिशतले बढेर ४८०.७१ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर ४ अर्ब...

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने
Capital Market

ऋण तिर्न थ्रीस्टार हाइड्रोले १ः१ अनुपातमा हकप्रद निश्कासन गर्ने

काठमाण्डौ । थ्रीस्टार हाइड्रोपावर लिमीटेडले हाल कायम चुक्तापूँजीको सतप्रतिशत(१ः१)को अनुपातमा हकप्रद सेयर निश्कासनको निर्णय गरेको छ ।  कम्पनीको कात्तिक ५ गते सोमबार दिनको ३ः३० बजे बसेको सञ्चालक समितिले हाल कायम चुक्तापूँजी ४९ करोड २५ लाखको १ः१ बराबरको हकप्रद सेयर निश्कासनको निर्णय गरेको हो ।  कम्पनीले हकप्रद निश्कासनको प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा...

लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा
Capital Market

लाभांश पारित गर्न सुन्धारा सेक्युरिटिजले डाक्यो साधारण सभा

काठमाण्डौ । सुन्धारा सेक्युरिटिज लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा आगामी कात्तिक ३० गते आयोजना गर्ने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको बागदरबारमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ४ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  कम्पनीको सञ्चालक समितिबाट प्रस्तावित हाल कायम चुक्तापूँजीको ११ प्रतिशत नगद लाभांश(कर...

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय
Capital Market

नेप्सेको पछिल्लो गिरावटबारे जानकारको धारणाः दीर्घकालिन लगानीका लागि उचित समय

काठमाण्डौ । दशैंपछि तीन दिन लगातार बढेको सेयरबजार पछिल्लो दुईदिनयता उच्च अंकले घट्न पुगेको छ । आज पनि नेप्से परिसूचक ५७.९९ अंकले घटेर २६३९.९२ विन्दुमा कायम हुन पुगेको छ ।  नेपालीहरुको महान चाड दशैंपछि बजारले लय समात्ने आशा गरिएतापनि पछिल्लो दुईदिन यता नेप्से इन्डेक्समा उच्च अंकको गिरावट आएको छ । हिजो र आज बजार घट्नुमा राजनीतिक अस्थिरतालाई लगानीकर्ताहरु मुख्य कारण मानेका...

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डो । हाथवे इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनका लागि कात्तिक ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा
Capital Market

श्वेत–गंगा हाइड्रोपावरद्वारा साधारण सभा आह्वान, सेयरधनीलाई छैन लाभांशको अजेण्डा

काठमाण्डौ । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको कात्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले ८ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा मंसिर ६ गते काठमाण्डौको सुकेधारामा रहेको सेलिब्रेशन हाईटमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनै पनि...

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?
Capital Market

म्याक्डीमा वियरिस क्रसओभर बन्दै गरेको बजारको अबको सम्भावना कस्तो ?

काठमाण्डौ । लगातार २ दिन बजार घट्दा नेप्सेमा १०५ अंकले गिरावट आएको छ । यो सँगै यस अघि बनेको इभिनिङ स्टार भ्यालिड बनेको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनाएर खसेको बजारले अब मध्य ब्याण्ड अर्थात २६ सय आसपासमा बलियो सपोर्ट लिन सक्छ ।  

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड
Capital Market

पूँजीगत लाभकर ७७% ले घट्यो, असोजमा सरकारले उठायो जम्मा रु.५८.६५ करोड

काठमाण्डौ । सरकारले असोज महिनामा सेयर बजारबाट ५८ करोड ६५ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन गरेको छ । सीडीएस एण्ड क्लियरिङको तथ्यांकअनुसार असोज महिनामा सरकारले संलकन गरेको पूँजीगत लाभकर भदौ महिनाको तुलनामा ७७ प्रतिशतले कम हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.