५० दिने मूभिङ एभरेजबाट माथि लाग्यो नेप्से, कस्तो रहला आगामी साता ?
काठमाण्डौ । यो साता सेयर बजारमा ३ दिन कारोबार भयो । ३ दिनको कारोबारमा बजार ३ दिननै बढ्यो । यो साता दशैं पर्वको कारण बजार तीनदिन मात्रै खुलेको थियो । अघिल्लो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भएको बजार यो साता २७ सय ४५.३६ विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजार ७६.८३ अंकले बढेर बन्द भएको छ । अघिल्लो साता दोस्रो बजारमा ७०.६८ अंकले बढेर बजार बन्द भएको थियो । यो...

