माउण्ट एभरेष्ट डिष्टिलरीले सुरु गर्यो आईपीओ निष्कासनको प्रक्रिया
काठमाण्डौ । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आगामी वैशाख २० गतेका लागि डाकेको हो ।
TRENDING
काठमाण्डौ । माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारण सभा आगामी वैशाख २० गतेका लागि डाकेको हो ।
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकद्वारा जारी सूचनामा संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्ने उल्लेख छ ।
काठमाण्डौ । अमेरिकाका विदेशमन्त्री जेडी भान्सले अमेरिका र इरानबीच भएको उच्चस्तरीय वार्ता निष्कर्षविहीन टुंगिएको बताएका छन्। करिब २१ घण्टा लामो गहन छलफलपछि पनि कुनै ठोस सहमति नजुट्नुले दुई देशबीचको कूटनीतिक गतिरोध तत्काल अन्त्य हुने संकेत देखिएको छैन।
काठमाण्डौ । लुम्बिनी हेरिटेज लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्तावसहित पहिलो वार्षिक साधारण सभाको मिति निर्धारण गरेको छ ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झण्डै ९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघबाट सदस्यतासम्बन्धमा पाटन उच्च आदलतबाट अन्तरिम आदेश पाएका बस्तुगत संघहरुले आफूहरुलाई तत्काल मताधिकारसहित अधिकार माग गरेका छन् । बिहीबार पाटन उच्च अदालतबाट १८ वटा बस्तु संघलाई महासंघको निर्वाचनमा सहभागिता गराउनुभन्ने अन्तरिम आदेश भएसँगै उनीहरुले शुक्रबार पत्रकार सम्मेलनगर्दै महासंघको विधानअनुसार निर्वाचनमा सहभागि हुनको...
काठमाण्डौ । समता घरेलु लघुवित्तको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको छ । संस्थाको ३ लाख १४ हजार ३९९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरिएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । शिखर इन्स्योरेन्स र कालिका लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा कायम भएको छ ।नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज हाइड्रो समूह र उत्पादन तथा प्रशोधन समूह बाहेक सबै समूहमा रातो पोतिएको छ । हाइड्रो समूह ०.०८ प्रतिशत...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा संशोधन गरेको छ । पूँजीबजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन नेप्सेले उक्त विनियमावली संशोधन गरेको हो । संशोधित व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरुको सेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा र प्री–ओपन सेसनको मापदण्डमा परिवर्तन गरिएको छ । नेप्सेका अनुसार नेपाल धितोपत्र...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘धितोपत्र व्यापारी (स्टक डिलर)कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७’मा पहिलो संशोधन गरेको छ । पूँजीबजारलाई थप गतिशिल, व्यवस्थित र तरल बनाउने उद्देश्यले नेप्सेले उक्त कार्यविधि संशोधन गरेको हो । संशोधित कार्यविधिअनुसार स्टक डिलरहरुका लागि लगानीको दायरा फराकिलो बनाइएको छ । स्टक डिलरहरूले साधारण शेयर (इक्विटी) मा मात्र सीमित...
काठमाण्डौ । बिहिबार सेयरबजारमा ९ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाल्पा सिमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘पीसीआईएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । NIMB Ace Capital Limited ले व्यवस्थापन गर्दै आएको एनआईबिएल सहभागिता फण्ड अन्तर्गतका लगानीकर्ताको इकाईहरू हितग्राही (डिम्याट) खातामा जम्मा गरिएको जनाएको छ।कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार लामो समयदेखि बीज पुँजीसम्बन्धी व्यवस्थाका कारण रोकिएको इकाई जम्मा प्रक्रिया अब पुनः सुरु गरिएको हो।Securities Board of Nepal बाट स्वीकृति पाएसँगै फण्डको आकार ६ अर्बबाट बढाएर १० अर्ब रुपैयाँ (१ अर्ब...
काठमाण्डौ । सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत् आयोजनामा निजी क्षेत्रबाट १५ करोड रुपैयाँ बराबरको लगानी भित्रिएको छ। NIBL Equity Partners ले Gurkhas Himalayan Hydro Limited मा उक्त रकम बराबरको इक्विटी लगानी गरेको हो।यो लगानी सोलुदुधकुण्ड नगरपालिका, सोलुखुम्बुस्थित ५.८७५ मेगावाट क्षमताको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनामा केन्द्रित छ। लगानीसम्बन्धी सम्झौता गत मार्च १९ मा सम्पन्न भएको हो।
काठमाण्डौ । सेयरबजारमा आज ४८.७१ अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १.७३ प्रतिशतले बढेर २८५१.२४ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा अन्य समुह रहेको छ । यो समूह ३.४३ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, बैंकिङ...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क बुझाउन सूचना जारी गरेको छ । नेप्सेले २१ कम्पनीको सूचीसहित उक्त कम्पनीहरुलाई वार्षिक नवीकरण शुल्क बुझाउन भनेको हो । धितोपत्र विनियमावली, २०७५ को अनुसूची ३ मा भएको व्यवस्था बमोमिज धितोपत्रको वार्षिक नवीकरण शुल्क हालसम्म पनि नबुझाएको हुँदा सम्बन्धित कम्पनीहरुलाई नेप्सेले पत्राचार गरिसकेको जनाएको छ ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा शिखर पावर डेभलपमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसआईपीडी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा इन्द्रकुमार कट्टेल पुनः नियुक्त भएका छन् । चैत २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कट्टेललाई सीईओमा दोहोराउने निर्णय गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.