५ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा क्रेष्ट माइक्रो लाइफ
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८२ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । बीमा समूहका दुई उपसूचक मध्ये जीवन बीमा समुह १.६५ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा समूह ०.०१ प्रतिशतले...