नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडबाट जारी भएको अविमोच्य असिञ्चति अग्राधिकार सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । नेप्सेमा बैंकबाट जारी भएको रु.१०० अंकित दरका कुल ३ करोड ५० लाख कित्ता भएको ‘एसबीएल ८.२५ प्रतिशत अविमोच्य असिञ्चति अग्राधिकार सेयर’ वैशाख ९ गते सूचीकृत भएको हो ।
काठमाण्डौ । गृहमन्त्री सुधन गुरुङको राजीनाको प्रभाव सेयरबजारमा देखिएको छ । कारोबारको अन्तिम प्रहरतिर आएको गृहमन्त्रीको राजीनामाको खबरपछि दोहोरो अंकले घटिरहेको सेयरबजार अन्तिममा आएर सामान्य अंकको गिरावटमा सीमित बनेको छ । उक्त खबरपछि सेयरबजारमा अन्तिम समयमा सेयर खरिद बढ्न पुग्यो । यसलाई आजको कारोबारले समेत पृष्टि गरेको छ । अघिल्लो दिन ५ अर्ब ४३ करोड बढीको कारोबार...
काठमाण्डौ । सात कम्पनीले बुकबिल्डिङमार्फत सेयर निष्कासन गर्ने भएको छ । नर्भिक हस्पिटलसहित ७ कम्पनीले बुकबिल्डिङमार्फत सेयर निष्कासन गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग सम्झौता गरेको छ । यति ब्रुअरी लिमिटेड, नर्भिक इन्टरनेसनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड, पूर्वाञ्चल ल्युव...
काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडमा दुईजना स्वतन्त्र सञ्चालक नियुक्त भएका छन् । कम्पनीको स्वतन्त्र सञ्चालक पदमा डा. अवतार न्यौपाने र डा. छत्र बहादुर बस्नेत रहेका छन् ।
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ। कम्पनीको नाफा वृद्धि मात्र नभई समग्र वित्तीय स्वास्थ्यमा सन्तुलित प्रगति देखिएको छ, जसले संस्थाको सञ्चालन दक्षता र जोखिम व्यवस्थापन क्षमतामा सुधार आएको संकेत गर्दछ।समीक्षा अवधिमा कम्पनीले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको...
काठमाण्डौ । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडले पहिलो चरण अन्तर्गतको आईपीओ यही वैशाख २१ गतेदेखि निष्कासन गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि पहिलो चरणअन्तर्गतको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारीपूँजी ३४ करोडको २५ प्रतिशत अर्थात ८ करोड ५० लाख रकमबराबरको प्रतिसेयर रु.१०० अंकित दरका ८ लाख ५० हजार...
काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री Mr. S. Paul Kapur बिच आज मंगलवारका दिन अर्थ मन्त्रालय, सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भयो। यस अवसरमा अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्री बिच हालै सम्पन्न निर्वाचन पछि गठित बर्तमान सरकार र अमेरिकी सरकार बिच सम्भावित साझेदारीका क्षेत्रहरू, लगानी प्रवर्धन र द्धिपक्षीय...
काठमाण्डौ । मंगलबार सेयरबजारमा ५ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुई वटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ ब्रोकरबाट उच्च खरिद भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा इम्पेरियल सेक्युरिटिज र सनि सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.२३ प्रतिशत र निर्जीवन बीमा समूह ०.८६ प्रतिशतले घटेको छ । आज ५ बीमा...
काठमाण्डौ । आज सेयरबजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.६३ प्रतिशत अर्थात् १७.९१ अंकले घटेर २ हजार ८०७.३१ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६५ प्रतिशतले घटेर ४७०.७३ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५...
काठमाण्डौ । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले यही वैशाख १७ गतेदेखि आईपीओ खुला गर्ने तयारी गरेको हो । कम्पनीले आफ्नो ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर २५ लाख ८० हजार कित्ता साधारण सेयर निष्काशन गर्न धितोपत्र...
काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत वैशाख ३ गतेदेखि ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज संस्थाको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले केही स्वार्थ समूहको योजनामा धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठसँग मिलेर एक्कासी परिवर्तन गरेको सर्किट ब्रेकर लगायतका नियमपछि लगानीकर्ता हच्किएका छन् ।सम्वेदनशील बजारको नियमहरु बिनातयारी स्वार्थ समूहको इशारामा जथाभावी परिवर्तन गर्न थालेपछि र नेप्सेले सेयर कारोबार गर्ने सिस्टम लगायतमै मनपरी गर्न...
काठमाण्डौ । नेपाल सेयरबजार लगानीकर्ता संघले अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका सञ्चालकविरुद्ध छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेको छ। संघले कम्पनीका सञ्चालक राजन श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत सर्वसाधारण लगानीकर्ता तथा लगानीकर्ताको हकहितमा कार्यरत संघ–संस्थाविरुद्ध अपमानजनक अभिव्यक्ति दिएको आरोप लगाएको हो।संघले सोमबार कम्पनीको सञ्चालक समितिलाई पत्र...
काठमाण्डौ । कालिञ्चोक हाइड्रोपावर लिमिटेडले गत चैत २२ गतेदेखि २५ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओमा ४२.६२ गुणा बढी आवेदन परेको बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङले जनाएको छ । मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट गरिएको कम्पनीले जनाएको छ ।
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन)को मिलेमतोमा लागू गरिएको नयाँ सर्किट ब्रेकर व्यवस्थाविरुद्ध संघीय संसदको सार्वजनिक लेखा समितिमा उजुरी दर्ता गरेको छ।संघले सोमबारदेखि लागू गरिएको सर्किट ब्रेकरसम्बन्धी नयाँ व्यवस्था गैरकानुनी, अपारदर्शी तथा लगानीकर्ताको हितविपरीत भएको दाबी गर्दै छानबिन र...
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । वैशाख ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले एकजना संस्थापक सेयरधनीहरुको नाममा रहेको १४ लाख ४४ हजार ८४.९३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.