नेप्से ६ महिना पहिले देखिनै बुलिस यात्रामा, यस्ता छन आधार
काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । ४ दिनमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २१३१.४९ को विन्दुमा बन्द भएको बजार यो साता २०६९.५३ मा बन्द भयो । यस हिसावले यो साता सेयर बजारमा ६१.९६ अंकको गिरावट आयो । अघिल्लो साता सेयर बजार ११२.७३ अंकले बढेको थियो । यो साता दोस्रो बजारमा १७.१२ अर्बको कारोबार भएको छ । अघिल्लो साता २२.९६ अर्बबराबरको...

