सूर्यज्योति लाइफसहित ६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आरबीसीएल र हिमालयन रि
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज माइक्रोफाइनान्स उपसूचकमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका दुई उपसूचकमध्ये जीवन बीमा समूह ०.२० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.६६ प्रतिशतले घटेको छ । आज जम्मा ६ वटा...

