आजपनि थामिएन सेयरबजारको ओरालो यात्रा, विश्लेषक भन्छन्, ‘लगानीकर्ताको मनोबल खस्कियो’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन पनि सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.९६ प्रतिशत अर्थात २६.०५ अंकले घटेर २ हजार ६७२.३९ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८७ प्रतिशतले घटेर ४५५.६५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर १०...

