साहस उर्जाको लाभांश घोषणा, शतप्रतिशत हकप्रद पनि जारी गर्ने
काठमाण्डौ । साहस उर्जा लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांशको प्रस्ताव गरेको हो । बैठकले आव २०८१/८२ का लागि २१ प्रतिशत बोनस सेयर र १.१०५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २२.१०५३ प्रतिशत लाभांश वितरण गर्ने गर्ने निर्णय गरेको छ ।

