नेप्सेमा दुई हाइड्रो कम्पनीको हकप्रद सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । शिव श्री हाइड्रोपावर र रिभर फल्स पावर कम्पनीको शतप्रतिशत दरको हकप्रद सेयर सूचीकृत भएको हो ।रिभर फल्सको कुल ७० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेमा अब यो कम्पनीको सूचीकृत सेयर संख्या १ करोड ४० लाख कित्ता पुगेको छ ।

