संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, विपक्षीसँग सात दिनभित्र जवाफ माग
काठमाण्डौ । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिट निवेदनहरूमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले बुधबार प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।

