कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनु पर्नेमा प्रधानमन्त्रीको जोड
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आयोजित जीवाष्म इन्धनमुक्त संसदीय सञ्जाल (पार्लियामेन्टेरियन्स फर फोसिल फ्युल फ्रि) को कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

