शितल निवासको सहमतिले एमालेमा छटपटी, संसद विघटनलाई भन्यो 'बिडम्बनापूर्ण'
काठमाण्डौ । अन्तरिम सरकार गठनलगत्तै प्रतिनिधिसभा विघटनको सहमति भएसँगै तत्कालीन सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले विरोध जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै प्रतिनिधिसभा विघटनको सहमतिलाई बिडम्बनापूर्ण भनेका छन् ।

