सुनको मूल्यमा व्यापक गिरावट, एकैदिन प्रतिऔंस ८६ डलरले घट्यो
काठमाण्डौ । अन्तराििष्ट्रय बजारमा सुनको मूल्यमा व्यापक गिरावट आएको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ३ प्रतिशतले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य ३.१८ प्रतिशत अर्थात ८६.५२ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६२९ डलरमा कारोबार भईरहेको छ ।