आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५२ हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको...