अपर तामाकोशी हाईड्रोपावरको अध्यक्षमा सिलवाल
काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा मनोज सिलवाल चयन भएका छन् । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिलवाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा मनोज सिलवाल चयन भएका छन् । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिलवाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो । उक्त सभा आगामी कात्तिक २१ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरु तिहारमा बेखर्ची भएका छन् । करिब एक महिनादेखि आन्दोलन गरिरहेका उनीहरु आफैंले लगातार पेनडाउन पनि गर्दै आएका छन् । प्रशासनिक कामकाज नै दैनिक रुपमा ठप्प हुँदा त्यसको मार आन्दोलनमा उत्रिने स्वयम् कर्मचारीहरुमाथि पनि परेको हो ।
काठमाण्डौ । शिवश्री हाइड्रोपावरद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको शतप्रतिशत हकप्रद सेयर असोज ३१ गते बाँडफाँड गरिएको हो । पिपुल्स पावरले गत साउन १५ गतेसम्म कायम सयेरधनीका लागि भदौ १९ गतेदेखि असोज २३ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
काठमाण्डौ । आइतबा्रको कारोबारमा सुनको मूल्य घटेको छ । स्थानिय बजारमा आज अघिल्लो कारोबारको दिनको तुलनामा सुनको भाउमा ४ हजार ८ सय रुपैयाँको गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार २ सय रुपैयाँमा भईरहेको छ ।
काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको सेयरधनीहरुको स्वामित्वमा रहेको ६ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
काठमाण्डौ । बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा डाकेको हो ।
काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिक साधारण सभा र बुक क्लोजको मिति तय गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कात्तिक २३ गते धनकुटाको हिलेमा रहेको हिले कान्जिरोवा मकालुृ होटलमा बिहान ९ बजेदेखि सुरु हुनेछ । उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी कात्तिक ३० गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि...
काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई कुल ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
काठमाण्डौ । लगातार गिरावटले थला परेको सेयर बजारप्रति लगानीकर्ताहरूको असन्तोष चरममा पुगेको छ।बजार लगातार खस्कँदै जाँदा केही लगानीकर्ताहरू नियामक निकाय(धितोपत्र बोर्ड, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक)धाउने गरेका छन् भने अरूले आफ्नै कार्यालयहरूमा बैठक गर्दै बजारको समीक्षा र नियामकको आलोचना गर्न थालेका छन्।
काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असोज ३१ गते काठमाण्डौको थापागाउँमा रहेको थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।
काठमाण्डौ । नेप्से कर्मचारी संघले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडामणी चापागाई र अध्यक्ष हेमन्त बस्यालको नियुक्ती तथा कामकारवाहीको विषयमा गम्भीर छानबिन गर्न सरकारसँग आग्रह गरेका छन् । नेप्से कर्मचारी संघले अर्थमन्त्रीलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयमा पठाएको पत्रमा यस्तो आग्रह गरिएको हो ।
काठमाण्डौ । नेपाल ल्यूब आयल लिमिटेडको ३४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभाले सेयरधनीहरूका लागि २१ प्रतिशत लाभांश (२० प्रतिशत बोनस शेयर र १.०५२६४ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । विगत १०–१२ वर्षयता कोभिड र आर्थिक सुस्तताको समय बाहेक, कम्पनीले हरेक वर्ष उच्च प्रतिफल प्रदान गर्दै आएको जनाएको छ ।सभामा अध्यक्ष अरुणकुमार चौधरी, प्रबन्ध...
काठमाण्डौ । यो साता सेयरबजारमा ५ दिननै सेयर कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ५८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४८७.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ९५.०१ अंकले बजार घट्यो । अघिल्लो साता पनि नेप्से परिसूचकमा ८१.५३ अंकको गिरावट आएको थियो । यो साता बजारमा २१ अर्ब ४२ करोडको सेयर कारोबार भयो ।...
काठमाण्डौ । सेयर लगानीकर्ताका ५ वटा संगठनले शुक्रबार नेपाल राष्ट्रबैंकलाई एक ज्ञापनपत्र बुझाउँदै ९ बुँदे माग प्रस्तुत गरेका छन् । गभर्नर विश्वनाथ पौडेल अमेरिकामा रहेका कारण कामू गभर्नर डा. निलम ढुंगाना(तिम्सिना)ले लगानीकर्ताहरुको प्रतिनिधिको ज्ञापनपत्र बुझेकी थिइन् । बिहीबार लगानीकर्ताहरुको यही समूहले धितोपत्र बोर्डमा समेत ज्ञापनपत्र बुझाएको थियो । केन्द्रीय...
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य बढ्ने क्रम आजपनि जारी गरेको छ । पछिल्लो समय निरन्तर रेकर्ड कायम राखिरहेको सुनको भाउ आजपनि ७ हजार १ सय रुपैयाँले बढेको हो । यो वृद्धिसँगै सुनको कारोबार प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
काठमाण्डौ । युनिलिभर नेपाल लिमिटेडले ३२ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी कात्तिक २५ गते सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा दिउसो ४.३० बजेदेखि सुरु हुनेछ । सभामा गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो । बैठकले आव २०८१/८२ को मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्तापूँजीको. २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभाश(कर समेत)गरी कुल २५ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.