सेयरबजारमा १९ अंकको बढोत्तरी, जानकार भन्छन्, ‘चाँडै कुदेको बजार दिगो हुँदैन, अब विस्तारै बढ्छ’
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ११ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज दुई समूहबाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन समूह रहेको छ ।...

