पिपुल्स पावरको ३९.०७ लाख कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुँदै
काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडको लक इन समयावधि आजदेखि समाप्त हुने भएको छ । कम्पनीको ३९ लाख ७ हजार ९४८ कित्ता बढी सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो । कम्पनीको संस्थापक सेयर, स्थानिय क्षेत्रका बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ।

