आईपीओ निष्कासनमा सेबोनले झेल गरेको लगानीकर्ताको आरोप, बोर्ड भन्छ, ‘नियमसंगत नै गरेका छौं’
काठमाण्डौ। पछिल्लो समय धितोपत्र बोर्ड(सेबोन)मा अध्यक्ष आएपछि आईपीओको बाटो खुलेको छ । लामो समय रोकिएर बसेको आईपीओ, एफपीओ तथा हकप्रद निष्कासनलाई बोर्डले प्राथमिकतामा राखेको बताएको छ । तर बजारमा भने केही लगानीकर्ताहरुले नियामक निकाय धितोपत्र बोर्डले आईपीओ निष्कासनमा पनि झेल गरेको आरोप लगाएका छन् ।

