यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.३७ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६८.७७ रुपैयाँ र बिक्रीदर १६९.४७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.७६ रुपैयाँ र बिक्रीदर १९४.५७ रुपैयाँ निर्धारण भएको छ ।

