डलरको भाउ घट्यो, यूरो र पाउण्डमा पनि गिरावट
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(वैशाख १८ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३४.८९ रुपैयाँ र बिक्रीदर १३४.४९ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.१३ रुपैयाँ र बिक्रीदर १३६.७३ रुपैयाँ कायम थियो ।

