सरकारी खर्चमा चालु र ऋण व्यवस्थापन हावी, विकास खर्च कमजोर : राष्ट्र बैंकको प्रतिवेदन
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको समष्टिगत आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा सरकारको खर्च संरचनामा चालु तथा ऋणसम्बन्धी खर्चको हिस्सा उच्च देखिएको छ भने विकास (पूँजीगत) खर्च अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।प्रतिवेदनअनुसार समीक्षा अवधिमा सरकारको कुल खर्च रु. १ खर्ब ३४ अर्ब ६७ करोड पुगेको छ। यो वार्षिक बजेट विनियोजनको ६८.६ प्रतिशत हो। अघिल्लो...

