डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४२.९८ रुपैयाँ र बिक्रीदर १४३.५८ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४२.८४ रुपैयाँ र बिक्रीदर १४३.४४ रुपैयाँ कायम थियो ।

